Logo

संसदमा  आक्रमक एमाले  : राज्यको ढुकुटी रित्याउने निर्णय खारेज गर्न माग



काठमाडौं,१५ वैशाख । नेकपा (एमाले)ले अयोग्य लडाकुलाई राज्यकोष रित्याएर करोडौं रुपैयाँ बाढ्ने काम सरकारबाट भएको भन्दै विरोध गरेको छ ।

आजको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विरोधस्वरुप एमाले सांसदहरु आफ्नो सिटबाट उठेका थिए ।
सांसदहरु उठेपछि विशेष समय लिएर बोलेका एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सरकारको उक्त निर्णय तत्काल नसच्चिए एमालेले कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

देश गम्भिर आर्थीक संकटमा पुगेको बेला कार्यकर्ता पोस्ने उदेश्यले राज्यकोष रित्याएर र्अवौं रुपैयाँ बाढ्ने निर्णय तत्काल खारेज गरिओस भनेर जोडदार मागगर्दै ,जनताले नुन किनेर खान सक्ने अवस्था नभएको बेला सरकारले रमीता देखाएको भन्दै एमालेले उक्त निर्णयको घोर निन्दा गरेको छ ।

त्यस्तै एमालेले झापामा पार्टीका अध्यक्ष केपी शर्मा ओली लक्षीत आक्रमणको घोर भत्र्सना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्