Logo

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?



काठमाडौं,१५ वैशाख । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा बोल्दै एमाले सांसद् विजुला रायमाझीले रुकुममा सिस्नो टिप्न गएका दुई बालिका र काठमाडौंमा भएको निरा पाण्डेको हत्याको सत्यतथ्य छानविन गरेर दोषिलाई कारवाही गर्न माग गरेकी छन् ।

सांसद् विद्या भट्टराईले कास्कीको पोखरा महानगरपालिका २१ स्थित कास्की स्याङजा जोड्ने मोटररेबल पुल निमार्ण सुरू भएको ५ वर्ष भईसक्दासमेत सम्पन्न हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै समयमै काम सम्पन्न नर्गर्ने निमार्ण कम्पनिसँगको सम्झौता रद्द गर्न माग गरिन् ।

सांसद् विना लामाले धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाका जनताले उठाएको माग सम्वोधन गर्न आग्रह गरिन् ।
उनले निलकण्ठ नगरपालिकाका करिव ३५ सय घरधुरीले लालपूर्जाको समस्या लामो समयदेखी भोग्दै आएको बताउँदै उक्त समस्याको तत्कालै हल सरकारसँग माग गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् विराजभक्त श्रेष्ठले प्रचलित शिक्षा ऐन र नियमावली विपरीत राजनितिक दल र तीनका भातृसंगठनले विद्यालयमा गतिविधि गरेको भन्ने ब्यापक जनगुनासो आएको भन्दै विद्यालयमा राजनैतिक दलका कार्यकर्ताले पार्टीको झण्डासहित ऐन विपरीतका गतिविधि गरिरहेकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

सांसद् श्यामकुमार घिमिरेले देशको आर्थीक अवस्था चरमसंकटमा परेको भन्ने कुरा वाहिर आईरहेको सन्र्दभमा सरकारले अयोग्य लडाकुको नाममा १६ वर्षपछि आएर करोडौं रकम बाढ्ने कार्यविधि निमार्ण भएको भन्दै उक्त कार्यविधि तत्काल खारेज गर्न माग गरेका छन् ।

सांसद शिव नेपालीले राज्यको २२ अर्ब खर्च भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल अहिले फोटो खिच्ने र खिचाउने स्थानको रुपमा परिणत भएको भन्दै पोखरेली जनताले पर्यटन क्षेत्रमा गरेको अर्बो लगानीलाई बालुवामा पानी खन्याएझै हुन नदिन सरकारसँग माग गरे ।

सांसद शिशिर खनालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन विभिन्न माग राखेर माइतिघरमा धर्नामा बसेको स्मरण गराउँदै पुनको माग सम्बोधन गर्न माग गरे ।

सांसद सन्तोष चालिसेले काठमाडौंको कपनमा भएको निरा पाण्डेको हत्याबारे सरकारले सत्यतथ्य छानविन गरेर सदनमा जानकारी दिन माग गरे ।

सांसद सन्तोष परियारले विश्वविद्यालयमा बढ्दै गएको ब्यथितिको अन्त्य आवश्यक रहेको बताए ।

सांसद सपना राजभण्डारीले विश्व सम्पदा सूचीमा सुचीकृत काष्ठमण्डप क्षेत्रको उचित संरक्षण गर्न माग गरिन् । उनले भूकम्पले जीर्ण बनेका उक्त क्षेत्रका संरचणाको पुर्नः निमार्णमा सरकारको ध्यानाकर्षण गरेकी छन् ।

सांसद सरिता प्रसाईले अयोग्य लडाकुलाई सरकारले रकम उपलब्ध गराउने भनेर पारित गरेको कार्यविधि खारेज गर्न माग गरेकी छन् ।

सांसद सुनिता बरालले आर्थीक संकटले गर्दा उद्योग कलकारखाना बन्द हुने अवस्था आएको भन्दै सरकारले उचित कदम चाल्नुपर्ने बताइन । उनले यस्तो चरम आर्थीक संकटमा अर्थमन्त्री र गभर्नर गम्भिर नभएको टिप्पणी गरिन् ।

सांसद सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न माग गर्दै परराष्टनीति समयअनुकुल बनाउन माग गरिन ।

सांसद सुर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भइरहेको उपचार खर्च सार्वजनिक गर्न माग गरे उनले सामान्य पेट दुख्दासमेत एयर एम्बुलेन्स मार्फत विदेश लानुपर्ने हैसियत नेपालको भएको हो ? भन्दै प्रश्न गरेका छन् ।

सांसद सोबिता गौतमले पूजी बजार कम्जोर बन्दै गइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई कम्जोर बनाउने खेल भईरहेको भन्दै रोक्न माग गरिन् ।

सांसद सञ्जयकुमार गौतमले बर्दीयाको तारातालदेखि मुगुको रारा तालसम्म जाने धुरीगाउँ तेलपानी सुर्खेत सडक रननैतिक महत्वको रहेको भन्दै उक्त सडक कर्णालीको समृद्धिसँग जोडिएको स्मरण गराउँदै उक्त सडक समयमै निमार्ण सम्पन्न गर्न आवश्यक बजेटको माग गरे । उनले अयोग्य लडाकुलाई दुई लाख रकम बाढ्ने सरकारको निर्णयको विरोध गर्दै उक्त निर्णय फिर्तालिन माग गरे ।

सांसद हरी ढकालले सेयर बजारमा आएको गिरावटलाई निकासदिन आवश्यक कदमचाल्न अर्थमन्त्रीको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद हेमराज राईले किराँत सभ्यताको संरक्षण र विकासको लागि उचित खालको कार्ययोजना ल्याउन माग गर । उनले कोशी प्रदेशमा भईरहेको पहिचानवादीको आन्दोलनप्रति घोर भत्र्सना गरेका छन् ।

सांसद हृदयराम थानीले देशमा सिर्जना भएको गम्भिर आर्थीक संकट समधान गर्न सत्तापक्ष र प्रतिपक्ष सबै एकठाउँमा आउनुपर्ने विचार व्यक्त गरे ।

सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी जिल्लामा अलपत्र अवस्थामा रहेका पुलहरुको निमार्णकार्य तत्काल सुरू गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot