Logo

कांग्रेसलाई भोट मागेवापत गाली खाएकी प्रतिक्षालाई भेटे जितनारायणले



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठले प्रतिक्षा अधिकारीलाई उनको घरमा पुगेर भेटेका छन् । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार रहेका श्रेष्ठलाई भोट मागेवापत प्रतिक्षालाई राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले विभिन्न गाली गरेका थिए । उपनिर्वाचनमा निर्वाचित भएका रास्वपाका उम्मेदवार रवि लामिछानेले पनि प्रतिक्षासँग भेट गरेर आफ्नोतर्फबाट माफी मागेका थिए ।

आज कांग्रेसका नेता श्रेष्ठले उनलाई भेटेसँगै सामाजिक सञ्जालमा लेखेका छन्– ‘प्रतिक्षा बहिनी जसले सामाजिक सञ्जालमा मलाई भोट मागेवापत हजारौ गाली खान तयार भईन् । तर, कत्ति पनि बिचलित भईनन् । निज बहिनीकै निवास भरतपुर–११ मा भेटघाट ।’



प्रतिक्रिया दिनुहोस्