Logo

विष्णु पौडेलले मागे ओलीमाथि आक्रमण प्रयासबारे प्रधानमन्त्रीको जवाफ



काठमाडौं,१५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमणको प्रयासबारे एमालेले सरकारसँग जवाफ मागेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारसँग जवाफ माग गरेका हुन् ।

पौडेलले भने झापा इलाममा मात्र होईन‘अहिले पाँचथर र तेह्रथुममा पनि आक्रमणको प्रयास गरिरहेका छन् । तोडफोड र आक्रमणको योजनाहरू बनिरहेका छन् । तर, हाम्रो देशमा सरकार छ कि छैन ? सरकारले लाचारिपन प्रदर्शन गरिरहेको छ । सरकारको यो अकर्मण्यताको घोर निन्दा गर्न चाहन्छु ।’

उनले यो काममा सरकारले मौन समर्थन गर्नुको साथै आक्रमणकारीलाई उक्साउने काम गरिरहेको आरोप लगाए । सत्ता गठबन्धनका दलका कार्यकर्ता नै आक्रमणमा भएको दाबी गर्दै सरकारले के गर्न खोजेको भनेर प्रश्न गरे ।

उनले भने, ‘यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ त दिनुहुन्छ । तर, आक्रमणका प्रयास रोकिँदैनन् । गर्न खोजेको के हो ? अब गृहमन्त्रीले संसदलाई दिएको जानकारीले अब पुगेन । यो अपराध कर्ममा संलग्नहरूलाई अविलम्ब कानूनको दायरामा ल्याएर शान्ति सुरक्षाको प्रत्याभूति होस् । अब यो प्रश्नमा गृहमन्त्रीको जवाफले पुग्दैन प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ ।’ file photo 



प्रतिक्रिया दिनुहोस्