Logo

फरार सांसद कोइरी उद्योग समितिमा सिफारिस



काठमाडौं, १५ वैशाख । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी संसदीय समितिको उद्योग तथा बाणिज्य, श्रम तथा उपभोक्त हित समितिमा सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरेले कोइरीको नाम पनि सिफारीमा रहेको जानकारी गराएका हुन् । उनको नाम १९औं नम्बरमा रहेको छ । मधेस आन्दोलन(२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजायँ सुनाए पछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।

बिना सुचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भएपछि कोइरीले पत्र लेखेर स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपस्थित हुन नसकेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्