काठमाडौं,प्रतिनिध सभा अन्तर्गतको अर्थ समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम वाचन गरेर सुनाएका हुन् ।
जसमा उद्योगपती विनोद चौधरी देखि नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्ले समेत परेका छन् ।
यी हुन् अर्थ समितिमा रहेका सदस्यहरु : अन्जनी श्रेष्ठ, अम्मर बहादुर रायमाझी, गंगा कार्की,छिरिङ डम्डुल लामा (भोटे), जुली कुमारी महतो (महासेठ),दिपक खड्का,दीपक बोहरा,नारायण प्रसाद आचार्य, नारायणी शर्मा, पदम गिरी, पूर्ण वहादुर तामाङ्ग, भगवती चौधरी,मुक्ता कुमारी यादव, मेटमणि चौधरी,रण कुमारी बलम्पाकी मगर, रामनाथ अधिकारी, विनोद कुमार चौधरी, विराज भक्त श्रेष्ठ, विरेन्द्र प्रसाद महतो, विष्णु प्रसाद पौडेल, सन्तोष चालिसे, स्वर्णिम वाग्ले,सूर्य बहादुर थापा क्षेत्री, ज्ञान बहादुर शाही, ज्ञानेन्द्र बहादुर कार्की