Logo

संसद्को उद्योग तथा वाणिज्य समितिमा कोइरीदेखि मोहन बस्नेतसम्म



काठमाडौं,१५ वैशाख । प्रतिनिध सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति गठन भएको छ ।

सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम वाचन गरेर सुनाएका हुन् ।
जसमा नेकपा एमालेबाट निर्वाचित फरार सांसद् लक्ष्मी महतो कोइरीदेखि नेपाली कांग्ेसका नेता मोहन बहादुर बस्नेतसम्म परेका छन् ।

यी हुन् संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहने सदस्यहरु : अमृता देवी अग्रहरी, असिम शाह, कान्तिका सेजुवाल,किशोर सिंह राठोर,कृष्ण कुमार श्रेष्ठ, गणेश पराजुली, गिता बस्नेत, डोल प्रसाद अर्याल, दुर्लभ थापा क्षेत्री, मन बहादुर गुरुङ्ग, महेन्द्र बहादुर शाही, मोहन बहादुर बस्नेत, रघुवीर महासेठ, रणेन्द्र बराली, रमा कोईराला पौड्याल ,राजु थापा,राम शंकर यादव, रेखा यादव, लक्ष्मी महतो कोइरी, लाल प्रसाद साँवा लिम्बू, सपना राज भण्डारी, सान्ती चौधरी, सिता मिजार, सूर्य मान तामाङ ,सोनु मुर्मु, हेमराज राई



प्रतिक्रिया दिनुहोस्