काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले फौजदारी अभियोग लागेको व्यक्तिलाई चोख्याउन नमिल्ने बताएका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) सांसद लक्ष्मी महतो कोइरी लगायतका पाँच जना सांसद विरामी रहेको भन्दै संसद्लाई जानकारी गराएपछि कोइरी विरामी नभएको भन्दै माओवादी, कांग्रेस, रास्वपा लगायत दलका सांसदले विरोध जनाएका थिए । सोही समयमा बोल्नका लागि सभामुख घिमिरेले समय प्रदान गरेपछि केसीले फौजदारी अभियोग लागेका व्यक्तिलाई विरामी रहेको भन्नु लज्जास्पद भएको बताएका हुन् ।
‘फौजदारी मुद्दा लागेकालाई विरामी भनेर बचाउने योजस्तो जज्जास्पद कुरा केही पनि होइन । त्यसकारणले दुधको दुध पानीको पानी, फौजदारी मुद्दा लागेकालाई, ज्यानमारालाई चोख्याउन मिल्दैमिल्दैन । उमाथि कारबाही हुनुपर्छ,’– केसीले भने ।