
काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाललाई पहिलो झट्का लागेको छ ।
नेपालले पहिलो झट्कास्वरुप ओपनर कुशल भुर्तेललाई गुमाएको छ ।
४३ रन बनाएर खेलिरहेका भुर्तेल भर्खरै आउट भएका हुन् ।
ताजा अवस्थामा नेपाल ११ ओभरमा एक विकेटको क्षतिमा ७७ रन बनाएर खेलिरहेको छ ।