Logo

माओवादी केन्द्रका महासचिवको चुनावी खर्च २४ लाख ५२ हजार



काठमाडौं,१६ वैशाख । नेकपा माओवादी केन्द्रका महासचिव देब गुरुङ्गले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

प्रतिनिधि सभा सदस्य पदमा लमजुङबाट सत्तारुढ गठवन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका गुरुङले आफनो निर्वाचन खर्च सार्वजनिक गरेका हुन् ।

उनका प्रतिनिधि हरिजंग तामाङले निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २२५ रुपैयाँ खर्च भएको छ ।

खर्च विवरण अनुसार सवैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

यसैगरी, मतदाना नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामाग्री ३ लाख ३९ हजार ३ सय ५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारी साधन २ वटाको ३ लाख खर्च भएको छ भने ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पोट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्