
काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दुई सय रन पुरा गरेको छ ।
कप्तान रोहितकुमार पौडेल र कुशल मल्लको शानदार अर्धशतकको मद्दतमा नेपालले ३२ ओभरमा चार विकेट गुमाएर दुई सय रन पुरा गरेको हो ।
कुशल ५७ रन बनाएर आउट भएका छन् भने पौडेल ६० रन बनाएर खेलिरहेका छन् ।
आजको विजेताले उपाधिको लागि ओमान र युएईबीचको विजेतासँग खेल्ने छ ।
अहिले नेपालको क्रिजमा कप्तान रोहित र आरिफ शेख छन् ।