Logo

कुवेतविरुद्ध नेपालले गुमायो छैटौं विकेट



काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालको छैटौं विकेट पतन भएको छ ।

३५ ।२ ओभरमा यासिन पटेलको बलमा १९ रन बनाएर खेलिरहेका आरिफ शेख आउट भएपछि उनको स्थानमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी शून्य रनमै आउट भएका हुन् ।

वर्षाले निक्कै प्रभावित खेल ४२ ओभरमा घटाईएको छ ।

आजको विजेताले उपाधिको लागि ओमान र युएईबीचको विजेतासँग खेल्ने छ ।

ताजा अवस्थामा नेपाल ३६ ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot