काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २८१रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वर्षाले प्रभावित भएर ४२ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाएर २८१ रन बनाएको हो ।
कुवेतविरुद्ध सम्मानजनक योगफल तयार पार्न नेपालका कप्तान रोहितकुमार पौडेलले ९४ रनको अर्धशतकिय पारी खेले उनले ९५ बल सामना गर्दै ३ छक्का र ७ चौकाको मद्दतमा ९४ रनको विष्फोटक पारी खेलेका हुन् । कप्तान रोहित शतकबाट मात्र ६ रनले चुके । छक्कासहित शतक बनाउने प्रयासमा उनी डीप मिडविकेटको बाउन्ड्री लाइनमा यासिन पटेलबाट क्याचआउट हुन पुगे ।
त्यस्तै कुशल मल्लले ४ छक्का र ४ चौक्का प्रहार गर्दै ५७ रनको पारी खेले । कुशल भुर्तेल ४३ रन बनाएर आउट हुँदा आसिफ शेख ३१,आरिफ शेख १९,सन्दीप लामिछाने ५ रनमा आउट भए । भीम सार्की एक रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।
वलिङतर्फ कुवेतका मोहम्द आस्लाम र एड्रान इद्रीस समान तीन तीन विकेट लिए ।
आजको विजेताले उपाधिको लागि ओमान र युएईबीचको विजेतासँग खेल्ने छ ।
अहिले मूलपानी मैदानमा युएई र ओमानबीचको खेल भईरहेको छ ।
ओमान यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको छ ।