
काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले तगातार विकेट गुमाएको छ ।
करण केसी एक्लैले ५, विकेट लिएपछि कुवेत नेपाली टिमसामु निरिह देखिएको छ ।
पहिलो र दोस्रो ओभरमै तीन विकेट गुमाएको कुवेतले नपालको कसिलो वलिङसामु रन जोड्न निक्कै संघर्ष गरिरहेको छ ।
ताजा अवस्थामा कुवेत ८।३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाएर खेलिरहेको छ ।
कुवेतका मोहम्मद अस्लाम(कप्तान)१४, शिराज खान ३,रभिजा सन्दरुवान ९,मिट भवसागर ५,परविन्दर कुमार १ तथा अद्नान इदरिस शून्य रनमा आउट भइसकेका छन् ।