
काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई ५ वर्ष नभइ सजायको हदम्याद २५ वर्ष राख्नु पर्ने प्रस्ताव गरेका छन्।
शनिबार ललितपुरमा नेपाल विद्यालय कर्मचारी परिषद्ले आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले भ्रष्टाचारीलाई ५ वर्ष नभइ सजायको हदम्याद २५ वर्ष राख्नु पर्ने प्रस्ताव गरेका हुन्।
उनले भने, ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौं। तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानूनी कारवाहीदेखि आर्थिक कारवाहीसम्म राज्यले गर्नुपर्छ।’