काठमाडौं, १६ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुनलाई शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेटेका छन्।
माइतीघरमा शुक्रबारदेखि अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषको कार्य अघि बढाउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका पुनलाई सभापति लामिछानेले भेटेर उनको आन्दोलनमा रास्वपाको समर्थन रहेको बताएका हुन्।
भेटमा लामिछानेले पुनलाई आफ्ना २१ जना सांसद्हरुको समर्थन रहेको बताएका छन्।