
काठमाडौं,१७ वैशाख । काठमाडौँबाट बीपी राजमार्ग हुँदै झापातर्फ जाँदै गरेको कार आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौँबाट जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार आज बिहान ६ बजेतिर बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ पिपलभञ्ज्याङको ३ घुम्तीमाथि दुर्घटना भएको हो।
दुर्घटनामा काठमाडौँको गौरीघाट बस्ने सिन्धुलीकै कपिलाकोट–३ की ४२ वर्षीया सहारा प्रसाईं र झापा सुरुङ्गा–४ का ४२ वर्षीय कार चालक कुमार पुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका प्युठान घर भएका ३२ वर्षीय योगेन्द्र थापालाई उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ।