Logo

मधेशका मुख्यमन्त्री यादवको गुनासो,गोजीबाटै दुई पटक रुपैयाँ चोरी भयो



काठमाडौं,१७ वैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रहरी समायोजन नहुँदा प्रदेशका जनता असुरक्षित बनेको र भ्रष्टाचार मौलाउँदै गएको बताएका छन् । यादवले प्रदेशका जनतामात्रै नभएर आफै पनि असुरक्षित बनेको गुनासो गरेका छन् ।

मिटर ब्याज पीडितको समस्या समाधान गर्न गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय समुद्घाटन समारोहमा जनकपुरधाममा  मुख्यमन्त्री यादवले गृहमन्त्री नारायणकाजी श्रेष्ठ अगाडी नै आफै असुरक्षित बनेको गुनासो पोखेका हुन् ।

मुख्यमन्त्री यादवले सभामुख हुँदा गृह जिल्ला गएको बेला गोजी नै काटेर ५० हजार रुपैयाँ चोरी भएको सुनाए । उनले भने, ‘अस्ति पार्टी अध्यक्ष उपेन्द्र यादवको विजयी जुलुसमा गएको थिए । त्यो दिन पनि मेरो गोजीबाटै रुपैयाँ चोरी भयो ।’

उनले प्रश्न गरे, ‘जहाँ मुख्यमन्त्री र मन्त्रीहरू नै असुरक्षित छन् भने जनता कसरी सुरक्षित हुन्छन् ?’ उनले प्रहरी समायोजन नहुँदा प्रदेशका जनता असुरक्षित बनेको र भ्रष्टाचार मौलाउँदै गएको बताए ।

योभन्दा पहिले म सभामुख थिएँ । कुनै ठाउँमा घटना घट्थ्यो । प्रदेश सभा
सदस्यले आवाज उठाउनु हुन्थ्यो, म रुलिङ गर्थें । पछि गृहमन्त्रीलाई सोध्दा त घटना थाहै हुँदैनथ्यो,’ उनले अगाडि भने, ‘प्रहरी समायोजन नगरिदिए पनि समन्वय गरेर जाँदा पनि धेरै कामको निकास निस्किन्थ्यो । तर यहाँ समन्वय पनि छैन ।’

file photo / Reports Nepal  



प्रतिक्रिया दिनुहोस्