Logo

महावीर पुनको माग पूरा गर्ने सरकारको प्रतिवद्धता



काठमाडौं, १७ बैशाख । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट आन्दोलन थालेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुनको मागलाई सरकारले पूरा गर्ने प्रतिवद्धता जनाएको छ।

आइतबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र आन्दोलनरत पुन पक्षबीच भएको सहमति अनुसार सरकारले सोमबारसम्म पुनको मागलाई पूरा गर्ने प्रतिवद्धता जनाएको हो।

सिंहदरबारमा भएको वार्तामा सकेसम्म आज र नभए भोलिसम्म सहमति जुटाएर माग पूरा गर्नेगरी सम्झौता भएको हो।

शुक्रबारदेखि माइतीघरमा आन्दोलन थालेका पुनलाई विभिन्न व्यक्तिहरुले आफ्नो समर्थन जनाएका थिए।



प्रतिक्रिया दिनुहोस्