काठमाडौं,१७ वैशाख । साताको पहिलो कारोबार दिन आज (आइतवार) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।
आज सेयर बजार परिसूचांक नेप्सेमा १९. ११ अंकको गिरावट आएको हो ।
१९.११ अंकले गिरावट आउँदै नेप्से आज १८७०.६५ बिन्दुमा झरेको छ ।
आज ३२ लाख ६ हजार कित्ता सेयर कूल ९५ करोड ,४३ लाख २२ हजार बरावरमा कारोबार भएको नेपाट स्टक एक्सचेन्ज (नेप्स)ले जनाएको छ ।
आज कारोबार भएका कूल २१९ कम्पनिहरु मध्ये १८९ कम्पनिको मूल्य घट्दा २६ कम्पनिका लगानिकार्ताले भने नाफा कमाएका छन् भने ४ कम्पनिको मूल्य स्थिर रहेको छ ।