काठमाडौं, १७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारमा सहभागिता जाने वा नजानेबारे निर्णय गर्ने भएको छ।
सो बारे निर्णय गर्न रास्वपाले सोमबार केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ।
सोमबारको बैठकले रास्वपा सरकारमा सहभागी, सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे निर्णायक छलफल गर्ने रास्वपाले जनाएको छ।
रास्वपाले हालसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ।
रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेरपनि सरकारमा सहभागीताबारे छलफल गरिसकेका छन्।