Logo

सरकारले उठाउन पर्ने मुद्दा महावीर पुनले उठाएका छन्ः राजेन्द्र लिङ्देन



काठमाडौं, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सराकरले अग्रसर भएर गर्नुपर्ने कामको नेतृत्व गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।

विगत केहीदिन देखि आन्दोलनरत रहेका पुनको आन्दोलनमा समर्थन जनाउँदै उनले सरकारले उठाउन पर्ने मुद्दा एउटा व्यक्तिले उठाएको बताएका हुन् ।

‘अत्यन्तै दुःखपूर्वक भन्नु पर्ने भएको छ । सरकारले आफैं अग्रसर भएर गर्नपर्ने काम राजनीतिक दलहरुले उठाउन पर्ने कुरा एउटा व्यक्तिले उठाउनु भएको छ । यो केवल एउटा व्यक्तिको मात्र कुरा होइन, कुनै एउटा क्षेत्रको, राजनीतिक विचार र आस्था र पार्टीसँग सम्बन्धित कुरामात्रै होइन । यो अनुुसन्धान नवप्रवर्धन र आविष्कारको कुरा हो,’– उनले भने ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनले विकास बजेटको १ प्रतिशत रकम आविष्कारको लागि छुट्टाउनुपर्ने माग अघि सारेका छन् । यसअघि विभिन्न दलका नेताहरु पनि माइतीघर पुगेर उनको आन्दोलनमा समर्थन जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्