Logo

घिमिरे र तिमिल्सिनाले गरे प्रतिनिधि सभा र राष्ट्रिय सभा सचिव सिफारिस



काठमाडौं,१७ वैशाख । प्रतिनिधि सभा र राष्ट्रिय सभामा नयाँ सचिव सिफारिस भएका छन्।

आइतबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिव र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सचिव सिफारिस गरेका हुन्।

प्रतिनिधि सभा सचिवमा पदमप्रसाद पाण्डे सिफारिस भएका हुन्। उनी नायव महान्यायाधीवक्ता हुन्।

यस्तै राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई सिफारिस गरिएको छ। उनी संसद सचिवालयकै सहसचिव हुन्।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो । दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्ति लागि कार्यवाहक राष्ट्रपति  रामसहायप्रसाद  यादवसमक्ष सिफारिस गरेका हुन् ।

घिमिरे र तिमिल्सिनाले गरेको सिफारिसलाई राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरूको नियुक्ति हुनेछ।



प्रतिक्रिया दिनुहोस्