Logo

ललित चम्कँदा यूएईको आठौं विकेटपनि पतन



काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालविरुद्ध खेलिरहेको यूएईले कमजोर प्रदर्शन गरिरहेको छ ।

लगातार विकेट गुमाएसँगै संकटमा परिरहेको यूएईको आठौं विकेट पनि पतन भएको छ । २७।२ ओभरमा यूएईका आसिफ खांन ४६ रन बनाएर आउट भएका छनु् । उनलाई ललित राजवंशीले आउट गराएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ताजा अवस्थामा २८ ओभरमा ८ विकेट गुमाएर १०६ बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्