काठमाडौं,१८ वैशाख । विभिन्न माग राखेर ४ दिनदेखि आन्दोलनरत् महावीर पुनलाई भेट्न नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई माइतिघर पुगेका छन् ।
आज माइतिघरमा पुगेर भट्टराइले पुनको आन्दोलनलाई ऐक्यवद्धता जनाएका हुन् ।
भेटपछिको अवस्था बारे जानकारी दिँदै भट्टराईले ट्विटरमा लेखेका छन् ‘महावीर पुनले अनुसन्धान,आविष्कार आदिकालागि सरकारले विकास बजेटको १ प्रतिशत छुट्याउनुपर्ने,आवस्यक कानून र संरचना बनाउनुपर्ने लगायतका माग राखेर माइतीघर मण्डलमा शुरूगर्नुभएको धर्नाप्रति ऐक्यवद्धता मेरो प्रमकालमा आविष्कार केन्द्र लगायतको पहल गरिएकोले सरकारले यी माग पूरा गरोस् भन्ने आग्रह गर्छु ’।
पुनको आन्दोलनमा ऐक्यवद्धता जनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ,नेकपा(एस)का सम्मानित नेता झलनाथ खनाल,राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायत माइतिघर पुगिसकेका छन् ।