Logo

रविलाई संसदीय दलको नेता बनाउन रास्वपा केन्द्रीय समितिको निर्देशन



काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्देशन दिएको छ । पार्टीको आजै बस्ने संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गर्ने छ । केन्द्रीय समिति बैठक पछि सास्वपाका प्रवक्ता मुकुल ढकालले लामिछानेलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएको जानकारी गराएका हुन् ।

रास्वपाको उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोरप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि लामिछानेको नाम सिफारिस गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्