काठमाडौं,१८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कानुन तथा न्याय विभागको जिम्मेवारी सोविता गौतमलाई दिएको छ ।
रास्वपाको आज बसेको केन्द्रीय कमिटी बैठकले गौतमलाई उक्त जिम्मेवारी सुम्पिएको हो ।
प्रतिनिधि सभा सदस्य समेत रहेकी गौतम कानुनको विषयमा जानकार व्यक्ति हुन् ।
मंसिर ४ मा भएको प्रतिनिध सभा सदस्य निर्वाचना काठमाडौं २ बाट शानदार जित हाँसिल गरेर प्रत्यक्षतर्फ संसद्मा निर्वाचित हुने कान्छी सदस्यसमेत भएकी थिइन् ।