काठमाडौं,१८ वैशाख । निरन्तर वर्षा भएपछि रोकिएको नेपाल र यूएईबीचको एसीसी कप क्रिकेटको बाँकी फाइनल खेल भोलि हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले खराब प्रदर्शन गर्दै २७.२ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको अवस्थामा पानी दर्किएपछि खेल रोकिएको थियो ।
पानी रोकिने अपेक्षा गरेपनि निरन्तर वर्षा भइरहेपछि खेल भोलीसम्मको लागि स्थगित गरिएको हो ।
अब भोली विहान ९ बजेबाट सुरू हुने खेलमा यूएईले २७।३ ओभरबाट आफ्नो ब्याटिङ थाल्नेछ ।
मंगलबारको बाँकी खेलमा पहिलो बल ललित राजवंशीका लागि ह्याट्रिकको अवसर हुनेछ । २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिकको सम्भावनासहित खेल सुरु गर्नेछन् ।
यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाउनु वाहेक अरु ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
नेपालले अब भोलि यूएईलाई हराउन सके एसीया कपमा स्थान पक्का गर्नेछ । र नेपाल उक्त लक्ष्यको निक्कै नजिक पुगेको छ ।