Logo

कान्छी सांसद् डाँगी रास्वपाको सचेतक चयन



काठमाडौं,१८ वैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको सचेतकमा निशा डाँगी नियुक्त भएकी छन् ।

रास्वपाको आज बसेको संसदीय दलको बैठकले सचेतकको जिम्मेवारी डाँगीलाई दिएको हो ।

उनी समानुपातिक सांसद हुन् ।

डाँगी संघीय संसद्मा रहेका ३३४ सांसद मध्ये सबैभन्दा कान्छी सांसद हुन् ।

रास्वपाको प्रमुख सचेतक भने सन्तोष परियार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्