काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन् ।
सडक शिलान्यासका लागि सुनसरीको इनरुवा पुगेका कार्कीले कांग्रेस र एमाले मिल्ने आकलनसहितका टिकाटिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता नरहेको बताए ।
उनले एमाले अबको पाँच वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए । उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने पनि बताए । file photo