Logo

रविले गृहमा अड्डी कस्दा प्रचण्डलाई तनाव



काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरु सरकारमा सहभागी हुने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने निर्णय आगामी शुक्रबारसम्ममा लिने भएको छ । आज (सोमबार) बसेको रास्वपा केन्द्रीय समिति बैठकले आगामी शुक्रबार पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बसेर निर्णयमा पुग्ने निर्णय गरेको हो ।

यता रास्वपाका नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झा सरकारमा सहभागी हुन पहिलाको भन्दा बढि मन्त्रालय पाउनु पर्ने बताउँछन् । रास्वपा आफ्नो प्रोफाइल घटाएर पहिलाको भन्दा कम र अन्य मन्त्रालयमा सरकारमा सहभागी नहुने उनको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि रास्वपालाई सरकारमा आउन आग्रह गरिरहेको बताइएको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर हिजो लामिछाने र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्तासमेत भइसकेको छ ।

आज चितवनको एक कार्यक्रममा बोल्दै प्रचण्डले रास्वपा सरकारमा आउने दाबी गरेपनि रवि लामिछानेको गृहको अड्डीका कारण प्रचण्ड थप सकसमा परेका छन् । रास्वपाले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्था अनुसार फेरि प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत लिन पर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्