काठमाडौं,१९ वैशाख । एसीसी कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्दा दोस्रो विकेट गुमाउन पुगेको छ ।
८ रन बनाएर खेलिरहेका आसिफ शेख आयान खानको बलमा आउट भएका हुन् ।
यसअघि ९ बल खेल्दै १ रन बनाएर कुशल भूर्तेल आउट भएका थिए ।
यूएईले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ताजा अवस्थामा ७ ओभरको खेल चलिरँदा दुई विकेट गुमाएर १९ रन बनाएको छ ।