काठमाडौं,१९ वैशाख । एसीसी कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्दा लगातार विकेट गुमाएको छ ।
एक पछि अर्को विकेट गुमाउने क्रममा नेपालले भर्खरै कप्तान रोहित कुमार पौडेललाई १ रनमा गुमाएको छ । ७औं ओभरको अन्तिम बलमा रोहन मुस्ताफाले कप्तान पौडेललाई आउट गराएका हुन् ।
८ रन बनाएर खेलिरहेका आसिफ खान आयान खानको बलमा आउट भएका हुन् ।
यूएईले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ताजा अवस्थामा ९ ओभरको खेल चलिरँदा तीन विकेट गुमाएर २३ रन बनाएको छ ।