Logo

एमाले नेता अर्धचेत अवस्थामा भेटिए



काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का बागमती प्रदेश समिति सदस्य नारायण घिमिरे अर्धचेत अवस्थामा भेटिएका छन् । उनी काठमाडौंको जमलस्थित होटल कैलाशमा अर्धचेत अवस्थामा भेटिएका हुन् ।

उनलाई विष खाएको अवस्थामा होटलमा फेला पारेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले उद्दार गरेर वीर अस्पतालमा भर्ना गरेको छ । नुवाकोटको विदुर–११ स्थायी ठेगाना भएका घिमिरे बेपत्ता भएको भन्दै आफन्तले आईतबार खोजतलासका लागि निवेदन दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्