काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन् । आज (मंगलबार) बसेको प्रदेश सभा बैठकमा उनले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत मागेका हुन् । उनलाई कांग्रेस, माओवादी केन्द्र लगायत दलको समर्थन रहेको छ ।