Logo

यूएईविरुद्ध शानदार जितका नायक



काठमाडौं,१९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध शानदार जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट भएको छ ।

आज भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले पाखा लगाउँदै नेपालले आगामी सेप्टेम्बर १ देखि १४ सम्म पाकिस्तानमा हुने एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

नेपाल एसिया कपमा मात्रै छनोट भएको छैन, अब नेपालले एसियामा क्रिकेटको महारथी भनेर चिनिने भारत तथा पाकिस्तान जस्ता देशसँग भिण्डन्त निश्चित गरेको छ ।

नेपाललाई शानदार विजयी हाँसिल गराउन र एसिया कपमा छनोटहुने निश्चित गर्ने क्रममा नेपाली ब्याटर गूलसन झा नायक सावित भएका छन् । १७ वर्षीय गुल्सन बाँयाहाते ब्याटर हुन् ।

२०२१ को सेप्टेम्बरमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत हुने त्रिकोणात्मकक श्रृंखलाको लागि पहिलो पटक राष्ट्रिय टिममा स्थान पक्क गरेका झा नेपाल प्रहरीका खेलाडि हुन् ।

नेपालको जितमा नायक बनेका गुल्सन झाले शानदार अर्धशतक प्रहार गरे । उनले ८४ बलको सामना गर्दै ६ छक्का र तीन चौकाको मद्दतमा ६७ रनको विष्फोटक पारी खेले ।

ओपनरहरु कुशल भुर्तेल १ रन र आशिफ शेख ८ रनमा आउट भएको अवस्थामा कप्तान रोहित पौडेल पनि क्रिजमा टिक्न सकेनन्। यस्तो कठिनपूर्ण अवस्थामा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका झाले उत्कृष्ट प्रदर्शन मात्रै गरेनन यूएईविरुद्धकै खेलमा उनले दोस्रो अर्धशतक प्रहार गर्ने सुनौलो अवसरसमेत बनाए ।

२ चैतमा लिग टू अन्तर्गत यूएईसँगको खेलमै एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक बनाएका गुल्सनले आज यूएईसँगै दोस्रो अर्धशतक पूरा गरेका छन् । महत्वपूर्ण र निर्णायक खेलहरुमा उनको डरविहीन ब्याटिङ देखिएको छ । त्यतिबेला उनले सातौं नम्बरमा ब्याटिङ गरेका थिए । सो खेल गुल्सनको अविजित ५० रनमा नेपालले डीएलएस प्रणालीमार्फत ९ रनले जितेर लिग टूमा तेस्रो हुँदै एकदिवसीय विश्वकप ग्लोवल क्वालिफायरमा स्थान बनाएको थियो ।

एकदिवसीय क्रिकेटमा सन् २०२१ को सेप्टेम्बरमा भएको नेपाल र अमेरिकाबीचको खेलमा डेब्यू गरेका गुल्सनले ५३ बलमा २ चौका र एक छक्काको मद्दतमा २८ रन बनाएका थिए । तर उक्त खेलमा नेपाल भने अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
गुल्सन एकदिवसीय क्रिकेटमा डेब्यू गर्ने विश्वका तेस्रो कान्छा खेलाडी समेत हुन् ।
ओडीआइमा डेब्यू गर्दा उनको उमेर मात्रै १५ वर्ष २१२ दिन थियो । यो सूचीको पहिलो नम्बरमा पाकिस्तानका हसान राज रहेका छन् ।
उनले ओडीआइमा १४ वर्ष २३३ दिनमा डेब्यू गरेका थिए । भने दास्रो नम्बरमा बंगलादेशका म्दोमह सरिफ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्