
काठमाडौं,१९ वैशाख । नेपाली लेग स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको प्लेयर अफ दि टुर्नामेन्ट बन्न सफल भएका छन् ।
सोमवार भएको फाइनल खेलमा यूएईलाई सात विकेटले हराउँदै उपाधी जितेको नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो ।
प्रतियोगिताको कुल ५ खेलमा १३ विकेट लिएका सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए ।
उनले कतारविरुद्ध सर्वाधिक ४२ रन बनाउँदा आफ्नो ओडीआईमा रहेको सर्वाधिक रनको रेकर्ड ब्रेक गरेका थिए ।
यसअघि उनको सर्वाधिक रन ३५ थियो ।