Logo

एमालेको विरोधपछि सभामुखले पढेर सुनाए डिल्ली चौधरी मुख्यमन्त्रीमा नियुक्त भएको पत्र



काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेश सभाको सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुख अमिक शेरचनले डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र प्रदेश सभामा पढेर सुनाएका छन् ।

नेकपा (एमाले) का लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले प्रदेश प्रमुखले नियुक्त गरेको पत्र सभा समक्ष प्रस्तुत नगरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत मागेको भन्दै आपत्ति जनाएपछि सभामुखले उक्त पत्र पढेर सुनाएका हुन् ।

‘माननीय प्रदेश प्रमुख अमिक शेरचनज्यूले मिति २०८० साल वैशाख १४ गते विहीबारका दिन लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री डिल्ली बहादुर चौधरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’– प्रदेशका सचिव प्रलाद पोखरेलद्वारा जारी पत्र सभामुख घर्तिमगरले पढेर जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्