Logo

कांग्रेस परित्याग गरेको पूर्व आईजीपी मोतिलालको घोषणा



काठमाडौं,१९ वैशाख । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै बोहराले आफू प्रहरी सेवाको अवकासपश्चात विगत २५ वर्ष देखि नेपाली कांग्रेसको सक्रिय सदस्य र महाधिवेशन प्रतिनिधि समेत भएर प्रतिवद्धताका साथ यथासक्य काम गरेको तर अहिलेको देशको अवस्थामा नेपाली कांग्रेसले लिएका कदमले आफूमा विरक्ति उत्पन्न भएको भन्दै पार्टीबाट मुक्त भएको जनाएका छन् ।

“देश संकटको भूमरीमा परेका वखत समेत नेपाली कांग्रेस मौन छ, त्यसो हुनाले अब यस पार्टीसँगको आवद्धता औचित्यहीन सम्झी आजैका मितिदेखि मैले नेपाली कांग्रेस पार्टी परित्याग गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँछु,” विज्ञप्तिमा भनिएको छ ।

बोहरा नेपाल प्रहरीका १४औं प्रहरी प्रमुख हुन् उनी २०४९ फागुन देखि २०५३ माघसम्म नेपाल प्रहरीको आईजीपी रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्