Logo

एसिया कपको समूह चरणका खेल नेपालमा खेलाउन पहल गर्न रास्वपाको माग



काठमाडौं,१९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप नेपालमा आयोजना गर्ने वातावरण निमार्णको पहल थाल्न सरकारसँग माग गरेको छ ।

नेपाली क्रिकेट टिम एसिया कपमा छनोट भएपछि पार्टी प्रवक्ता डा.मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको अवसरमा उक्त पहल गर्न माग गरेको हो ।

ढकालले भनेका छन् ‘खेलाडीहरूको आजको प्रदर्शनले नेपालको प्रतिष्ठा बढाएको छ। यसैबीच एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस्। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस्’।

नेपाल आज भएको एसीसी कपको फाइनल खेलमा यूएईलाई सात विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ ।



प्रतिक्रिया दिनुहोस्