Logo

नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको बधाई



काठमाडौं,१९ वैशाख । नेपाल एसिया कपमा छनोट हुन सफल भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् ।

आज भएको एसीसी कपको फाइनलमा यूएईलाई सात विकेटले पाखा लगाउँदै शानदार जित हात पार्दै सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा नेपाल छनोट भएपछि पौडेलले एक विज्ञप्ति जारी गर्दै बधाई दिएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन् ,‘खेलका क्रममा नेपाली खेलाडीहरूले देखाउनु भएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु।



प्रतिक्रिया दिनुहोस्

Screenshot