Logo

शम्भुको निधनमा रास्वपाको शोक वक्तव्य– ‘पार्टीमा उहाँको ठूलो योगदान छ’



काठमाडौं, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिल बहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ । गत वैशाख १० गतेको उपनिर्वाचनका क्रममा चितवनमा रहेको बेला उनी रास्वपा सभापति लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए ।

उनको निधनलतत्तै पार्टी महामन्त्री मुकुल ढकालले शोक वक्तव्य जारी गरेका छन् । ‘सवारी चालक दिल बहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ । उहाँको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको छ । उहाँ पार्टी स्थापनाकालदेखि नै कार्यरत हुनुहुन्थ्यो । पार्टी आज यहाँसम्म आईपुग्नुमा उहाँको ठूलो योगदान रहेको छ,’– विज्ञप्तिमा भनिएको छ ।

उनी आफ्नो जिम्मेवारीप्रति सधैं इमान्दार, मिलनसार तथा भद्र व्यक्तिका रुपमा लोकप्रिय रहेको पनि विज्ञप्तिमा उल्लेख छ । रास्वपाले उनको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्