Logo

एपीवान टेलिभिजनबाट बाहिरिए टीकाराम यात्री



काठमाडौं, १९ वैशाख । टीकाराम यात्रीले एपीवान टेलिभिजन छाडेका छन् । एपीवानका प्रधान सम्पादक र लोकप्रिय टेलिभिजन कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ का प्रस्तोता यात्रीले टेलिभिजन छाडेको घोषणा गरेका हुन् ।

‘आदरणीय दर्शक, आफन्त र मित्रगण ! यहाँहरूको निसर्त सद्भावका कारण एपीवान टेलिभिजनको अंकुरण, पल्लवन र पुष्पनसम्म मेरो यात्रा सबै दृष्टिले अनुपम रह्यो। परन्तु यो यात्राबाट अहिले विश्राम लिएको छु। प्रधान सम्पादक र कार्यक्रम प्रस्तोताका रूपमा मेरा लागि बितेको सात वर्ष स्वर्ण वर्षका रूपमा रहे। यो यात्रामा अनवरत साथ, समर्थन, सद्भाव र सहकार्यका लागि प्रिय दर्शक, शुभचिन्तक, सहकर्मी र व्यस्थापकप्रति विशेष अनुग्रहसहितको अहोभाव। हाम्रो भेट भैरहने नै छ। भवतुः सब्ब मंगलम्,’– यात्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्