Logo

मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश ल्याउने सरकारको निर्णय



काठमाडौं, १९ वैशाख । सरकारले मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश ल्याउने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठक पछि सञ्चारकर्मीहरुलाई मिटरब्याजी समस्या समाधानका लागि कानुनी रुप दिन अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय भएको बताईन् ।

‘मिटरब्याजी समस्या छिटोभन्दा छिटो समाधान गर्न मन्त्रिपरिषद्बाट अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने निर्णय भएको छ । आजै अध्यादेश पठाउने काम हुन्छ,’– मन्त्री शर्माले भनिन् ।

 



प्रतिक्रिया दिनुहोस्