Logo

बालेनलाई रास्वपा सहमहामन्त्रीको जवाफ ‘थोरै पुराना तर नयाँ बढि नेताको झुसे गाली’



काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको अभिव्यक्तिलाई ‘झसे गाली’ को संज्ञा दिएका छन् ।

हिजो (मंगलबार) राति बालेनले ‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन् । कसैलाई देशको माया छैन’ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएपछि सहमहामन्त्री बुर्लाकोटीले यस्ता ‘झुसे गाली’ सबैले गरिरहेको जवाफ दिएका हुन् ।

बुर्लाकोटीले बालेनलाई थोरै पुरानो र धेरै नयाँ नेताको रुपमा चित्रण गर्दै आफूले यस्ता गाली भन्दा पनि काठमाडौं महानगरको मुहार परिवर्तन भएको हेर्न चाहेको बताएका छन् ।

‘यहाँ पनि त एक नेता, थोरै पुरानो तर नयाँ बढि। यहाँको नेतृत्वमा काठमाडौले मुहार फेरेको हेर्ने रहर छ । यस्तो झुसे गाली त सबैले गरेको देखेकै छौं,’– उनले बालेनलाई जवाफ फर्काएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्