Logo

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, २० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग एक लाख रुपैया घुस लिएको अवस्थामा अख्तियारको टोलीले अधिकृत पौडेललाई नियन्त्रणमा लिएको थियो ।

शिक्षा महाशाखामा कार्यरत अधिकृत पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टी हुन आएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ । उनीविरुद्ध एक लाख रुपैया विगो र कैद सजायको माग गर्दैै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा नीज शेषकान्त पौडेललाई विगो रु।१,००,०००। (एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम कैद सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’– अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्