Logo

मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न अध्यादेश जारी



काठमाडौं, २० बैशाख । राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन्।

उनले मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन्।

उक्त अध्यादेश सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नका लागि ल्याइएको हो।

 



प्रतिक्रिया दिनुहोस्