Logo

सचिव पाण्डेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद



काठमाडौं, २० वैशाख । नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउने धन्दामा जोडिएका टेकनारायण पाण्डेलाई अनुसन्धान गर्न तीन दिनको समय दिइएको छ ।पाण्डे उपराष्ट्रपति कार्यालयका सचिव हुन् । उनलाई प्रहरी परिसरको टोलीले बुधबार पेप्सीकोलाबाट पक्राउ गरेको थियो ।  जिल्ला अदालत काठमाडौंले अनुसन्धनका लागि तीन दिनको म्याद थप गरेको हो ।

यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार ईन्द्रजीत राई पक्राउ परेका थिए । पाण्डे बादल गृहमन्त्रीहुँदा गृह सचिव थिए । साथै, बादलका छोरा प्रतिक थापा, पूर्वमन्त्री मन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र ईन्द्रजीतका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्