Logo

आलोकनगरको सरकारी जग्गा खुल्ला रुपमा उपयोग गर्न दिपेन्द्रको पहल



काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ आलोकनगर बागमती करिडोरस्थितको सरकारी जग्गा खुल्ला रुपमा उपयोग गर्न बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पहल थालेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १८ तले भवन निर्माण गर्न खोजेपछि समुदायको हितमा खुल्ला रुपमा उपयोग गर्न सांसद दिपेन्द्रले पहल गरेका हुन् ।

उनको नेतृत्वमा गएको टोलीले प्राधिकरणमा कार्यकारी प्रमुख अनिल पोखरेल सहसचिव रूद्रसिह तामाङलाई भेटेर उक्त जग्गामा कंक्रिट संरचना नबनार्इ खुल्ला छोड्न आग्रह गरेका छन् । त्यहाँ कुनै पनि कंक्रिट संरचना नबनाइ खुल्ला रुपमा उपयोग गर्नुपर्ने स्थानीयको माग रहेको दिपेन्द्रले सुनाए ।

आलोकनगरस्थित भू–माफियाहरूले हडपेको सार्वजनिक जग्गा स्थानीयबासीहरू र हामी जनप्रतिनिधिहरू सबै तहको संयुक्त प्रयासमा राज्यको स्वामित्वमा ल्याइएको जग्गा हो,’ सांसद दिपेन्द्रले भने, ‘हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा लगेर उक्त ठाउँमा २२ तले भवन निर्माण गर्ने योजना बनाएको रहेछ । उक्त जग्गामा भवन निर्माण नगरी समूदायको हितको लागि खुल्ला रूपमा उपयोग गरिने स्थल बनाइयोस् भन्ने प्रस्ताव राख्यो । कुरा सकारात्मक रुपले अगाडि बढेको छ ।’

सांसद दिपेन्द्रको नेतृत्वमा गएको डेलिगेशनमा समुदायको हितको लागि खुल्ला रूपमा उपयोग गरिने विषयमा छलफल फलदायी रहेको उनको भनार्इ छ ।
छलफलमा प्राधिकरणका तर्फबाट भवन निर्माण नगर्ने र विपद व्यवस्थापनका लागि लागि २ वटा दमकल रेस्कयूको लागि राखिने र समूदायको हितको लागि खुल्ला छोडिने वचनबद्धता आएको दिपेन्द्रले बताए ।



प्रतिक्रिया दिनुहोस्