Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा



काठमाडौं, २० वैशाख । सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको आजको बैठकमा सरकारलाई पूर्णता दिने बारेमा छलफल हुने बताइएको छ ।

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीलाई सरकारमा सामेल गराउने बारेमा छलफल केन्द्रीत हुने बताइएको छ । रास्वपा र जनमतलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्ले पनि पहल गरिराखेका छन् ।



प्रतिक्रिया दिनुहोस्